Banner News

आफ्नो ‘स्पेस’का लागि एकता भाँड्न खोज्नेहरु निराश भइसके : विष्णु पौडेल



काठमाण्डौ ५ चैत्र । नेकपा एमाले का उपमहासचिव विष्णु पौडेल एमालेको आन्तरिक राजनीतिमा गहिरो प्रभाव राख्छन् । एमालेको सांगठानिक सवालमा निर्णायक प्रभाव भएका पौडेल एमाले–माओवादी केन्द्रबीच चुनावी गठबन्धन निर्माण र पार्टी एकता प्रक्रियामा सुरुदेखी सक्रिय छन् । उनी एमाले र माओवादी एकता प्रक्रियाका सुत्रधार मध्येका एक हुन् । एमाले माओवादी एकता प्रक्रियाको बारेमा गरिएको कुराकानी

तपाई दुई कम्युनिष्ट एकताको सुत्रधारका मध्येका एक हुनहुन्छ । अहिले पछिल्लो समय दुई कम्युनिष्ट नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता होला(नहोला भन्ने चर्चा पनि छ । तपाईँकै मुखबाट सुनौँ न कहिलेसम्म एकता होला र?
– एकता प्रक्रियाका यावत कुरालाई हामीले प्रभावकारी ढंगले अघि बढाएका छौँ । दुई ओटा पार्टीलाई व्यापक रुपमा एकता गर्नका लागि, साझा विधान निर्माण गर्नका लागि र एकता प्रक्रियालाई पूर्णता दिनका लागि दुई ओटा कार्यदल पनि बनेको छ । कार्यदलहरुले काम गरिरहेका छन् र छिट्टै कार्यदलले प्रतिवेदन प्रस्तुत गर्नेछ ।

एकता प्रक्रियाले चाहिँ ठ्याक्कै कहिले पूर्णता पाउँछ ?
– मेरो विचारमा एकता प्रक्रियाले छिट्टै पूर्णता पाउँछ । अहिले तिथिमिति नै तोक्न त मलाई मुस्किल छ तर केही हप्ता भित्र एकता प्रक्रियाले पूर्णता पाउँछ । समयावधिका हिसावले नेपाल कम्युनिष्ट पार्टीको इतिहासका कारण २२ अप्रिल नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पनि हो । म त्यही दिन कम्युनिष्ट पार्टीबीच एकताको घोषण होस भन्ने चाहन्छु । हाम्रो तयारी पनि त्यही छ । मेरो विचारमा जनताले ढिलोमा २२ अप्रिलमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको देख्न सक्नेछन् ।

नेकपा एमाले र माओवादीको तिक्तापूर्ण अवस्था हेर्दा कुनै समय यी दुई पार्टीबीच एकता होला र भन्ने थियो । तर, सबैलाई चकित पार्ने गरी तपाईँहरुले एकता प्रक्रियालाई अघि बढाउनुभयो । बाहिर जेजस्ता प्रतिक्रिया आएपछि भित्रीरुपमा त धेरै पापड पेल्नु पर्यो होला नि । कति मुस्किल भयो यहाँसम्म आइपुग्न ?
– स्वाभाविक रुपमा एकता प्रक्रिया त्यति सजिलो विषय होइन । दुई पार्टीबीचको एकता त्यसै पनि असहज विषय हो । म एकता प्रक्रियाको एक जिम्मेवार व्यक्ति भएको नाताले पनि यसो भन्न सक्छु । यो किन पनि सहज विषय थिएन भने हामी दुई पार्टीका राजनीतिक, सैद्धान्तिक विषय अलग–गलग थिए । हाम्रो स्कुलीङ पनि फरक थियो । हाम्रो इतिहा र अनुभव पनि फरक थियो । हाम्रो सम्वन्धन पनि निकै आरोह–अवरोह पार गर्दै आएको थियो । यी कारणले पनि एकता प्रक्रिया सजिलो थिएन । धेरै मानिसहरुलाई यी सबै कारणले गर्दा यी दुई पार्टीबीच एकता कुनै हालतमा पनि सम्भव छैन भन्ने लागेको थियो । उनीहरु यी दुई पार्टी मिल्दैनन् मिल्न सक्दैनन् भन्नेमा नै थिए ।

तर, राष्ट्रियसभा गृहमा धुमधाम कार्यक्रम गरेर तपाईहरुले सबैलाई अचम्मित गर्दै एकताको सन्देश दिनुभयो नि ?
– हो, जब हामीले गत असोज १७ गते राष्ट्रियसभा गृहमा एकता प्रक्रियाका लागि एउटा विषेश कार्यक्रमको आयोजना गर्यौँ । त्यसपछि धेरैले यी दुई पार्टीबीच एकता हुन्छ कि क्या हो भन्ने अनुमान गर्न थाले । अझ हामीले त्यहीँबाट दुई ठूला निर्वाचन प्रदेश र संघीय निर्वाचनमा साझा घोषणापत्र लिएर जनताका बीचमा एक भएर जाने घोषणा गरेपछि धेरैलाई अचम्म लाग्यो ।

एकता प्रक्रियाको विषय त्यस्तो अचम्म मान्नु पर्ने खालको होइन भन्न खोज्नु भएको हो ?
– एकता प्रक्रियाको पृष्ठभूमिलाई हेर्ने हो भने अचम्मित हुनु पर्ने विषय नै होइन । हामीले लामो समयदेखि छलफल, बहस गर्दै आएका हौँ । एकताका प्रयासहरु पनि हामीले लामो समयदेखि गर्दै आएका हौँ । त्यसलाई पूर्णता दिन पनि हामी पहिलादेखि नै निरन्तर लागेकै हौँ । हामीले पछिल्लो समय इतिहासका सबै कुराको विश्लेषण गर्दै, विभाजित कम्युनिष्ट आन्दोलनका बारेमा समिक्षा गर्दै यी दुई पार्टीबीच एकता हुँदा मुुलुकले प्राप्त गर्ने उपलब्धी सबैको विवेचना गरेर हामी एक हुने प्रक्रियामा अघि बढेका हौँ । यी दुई पार्टीबीच विभाजन हुँदा नेपाली जनताले पाउँने सास्तीका बारेमा पनि हामीले खुलेर बहस गर्यौँ । हामीले अन्तिममा दुई पार्टी एक हुँदा मुलुकको भविष्य कस्तो हुन्छ रु नेपाली जनताले कति उपलब्धी हाँसिल गर्न सक्छन् रु भन्ने कुरालाई ध्यानमा राखेर नै एकताको प्रक्रिया अघि बढाएका हौँ ।

भनेपछि पार्टी एकता वैयक्तिक भन्दा पनि जनताको हितमा बढी हुने ठानेर एकता प्रक्रिया अघि बढाउनुभयो होइन त ?
(हो, हामीले यो पार्टी एकतालाई वैयक्ति विषय भन्दा माथि ठानेर नै एकता प्रक्रिया अघि बढाएका हौँ । जनता र राष्ट्रको हितमा गाँसिएको कुरा पनि हो भने हामीले एकता प्रक्रिया अघि बढाएका हौँ । त्यसकारण म भन्न चाहन्छु, यो एकता प्रक्रिया टुंगिन्छ कि रु टुंगिदैन कि रु एकता हुन्छ कि रु हुँदैन कि रु भनेर आशंका गरिरहनु पर्ने म कुनै कारण देख्दिन । आशंका गर्नेले गर्दै रहे हामीले एकता प्रक्रियालाई अघि बढाउँदै गयौँ ।

अहिले पनि त आशंका त भैरहेको छ नि ?
अहिले पनि आशंका गर्नेले गर्दै रहन्छ । तर, एकता प्रक्रिया रोकिन्न, अघि बढिरहन्छ । दुई पार्टी बीचको एकतालाई रोक्ने तागत कसैसँग छैन ।

यसो भन्दै गर्दा यी दुई पार्टी एक भै हाले पनि लामो समय टिक्न सक्दैनन् फेरि फूट र विभाजन निश्चित छ भन्ने पनि चर्चा छ नि ?
– मैले धेरै पटक भन्ने गरेको छु । यो एकताका बारेमा दुई ओटा कोणबाट व्याख्या हुने गरेको छ । एक कोणबाट एकता हुनु पर्ने हो हुनुपर्छ भन्ने तरिकाले आशा र अपेक्षा गर्ने गरेका छन् । उनीहरु यी दुई पार्टी एकता होस भन्ने चाहन्छन् । एकता हुन्न कि, भए हुन्थ्यो, एकता प्रक्रियामा अवरोध नभए हुन्थ्यो, एकता प्रत्रिया समयमै सम्पन्न भए हुन्थ्यो भन्नेको ठूलो सङ्ख्या छ । अर्को एउटा सानो सङ्ख्या चाहिँ एकता नभए हुन्थ्यो, एकता भाँडिए हुन्थ्यो । एकता भै हाले पनि छिटै विभाजन भए हुन्थ्यो त्यति बेला हामीले खेल्ने मौका पाउने थियौँ । हामीले केही स्पेस पाउने थियौँ भन्ने शक्ति र प्रवृत्ति पनि यहाँ छन् ।

त्यसैले मेरो विचारमा जसले एकता चाहेका छैनन् उनीहरु एकता प्रक्रिया अघि बढ्दा निकै निरास भएका छन् । उनीहरु निरास हुँदै गर्छन हामी एकता प्रक्रिया अघि बढाउँदै जान्छौँ । हामी सार्थक निष्कर्षमा पुर्याउँछौँ ।
एकता भएपछि फेरि टुक्रिन्छन कि भन्ने जुन आशंका छ ।

एकता पछि टुक्रिने भए हामी किन एकता चाहन्थ्यौँ रु त्यसैले यो आशंका नै गलत छ । यो व्यर्थको कुरा हो । टुक्रिनका लागि होइन हामीले यो एकता देश र जनतालाई नयाँ दिशामा लैजानका लागि एकता गरेको हो । यो एकता टुक्रिने छैन, टुक्रिदैँन । ढुक्क भए हुन्छ । मुलुकमा नयाँ संविधान बनेको छ । जनतको मुहारमा खुशि छाएको छ । हामी यो खुशीलाई सार्थक रुप दिन एकता प्रक्रियामा जुटेका हौँ । त्यसैले यो एकता पूर्ण हुन्छ । ढुक्क भए हुन्छ ।

अहिले पनि विभिन्न पदमा तपाईँहरुले भागबण्डा गर्दा अहिले पनि यी दुई पार्टीबीच एकता भएको छैन भन्ने पनि छ नि ?
हामी एकता प्रक्रियाको औपचारिक घोषणाको निकै नजिक पुगेका छौँ । जहाँसम्म भागबण्डाको प्रश्न छ । यो भागबण्डाको प्रश्न नै होइन । यो कसलाई कुन जिम्मेवारी दिने भन्ने जिम्मेवारीको विषय हो । स्वाभाविक रुपमा आजको मितिसम्म त हामी एक पार्टी भएका छैनौँ । सैद्धान्तिक, कार्यक्रमिक र नीतिगत रुपमा एक ठाउँमा आए पनि एक भएका छैनौँ । यद्यपि हामी एक हुने निश्चत छ । यस्तो अवस्थामा दुवै पार्टीका जिम्मेवार नेता बसेर कुन पार्टीले के जिम्मेवारी लिने भन्ने कुरालाई गफको विषय बनाउनु पर्छ जस्तो लाग्दैन । यो पार्टीका विभिन्न तहका जिम्मेवार साथीहरुलाई उपयुक्त ढंगले जिम्मेवारी दिएको कुरा हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तेल र रेलको कुरालाई सार्थकता दिने गरी अहिले अघि बढ्नु भएको छ भन्ने छ, तपाईँलाई त्यस्तो लाग्छ रु
– हिजोको परिस्थिति र अहिलेको परिस्थितिमा निकै फरक छ । हिजो यो सरकार कहिलेसम्म टिक्ला भन्ने प्रश्न थियो । अहिले त्यो अवस्था छैन । आज हामी दुई पार्टी एक ठाउँमा छौँ । हामीसँग करिब दुई–तिहाई बहुमत छ । अब राजनीतिक अस्थिरताको प्रश्न जनताको मनबाट हटिसकेको छ ।

सम्माननीय प्रधानमन्त्रीज्युले पहिलो पटक प्रधानमन्त्री हुँदा राखेका प्रतिवद्धता हामीले चुनावी मैदानमा जाँदा पनि साझा घोषणापत्र बनाएर अघि बढेका थियौँ । त्यसैले ती सबै घोषणा पूरा गर्ने यो उपयुक्त बेला हो । म के कुरामा विश्वस्त छु भने हामीले अघि सारेका घोषणापत्रले पूर्णता पाउने बेला हो । देश शुखी र समृद्ध नेपाल निर्माण गर्छौँ । यो हाम्रो प्रतिवद्धता पनि हो । हामी सबैले प्रधानमन्त्रीज्युलाई सहयोग गरेर अघि बढ्ने हो । अहिले को मन्त्री बन्ने रु कसले के जिम्मेवारी पाउने भन्ने गौण विषय हुन । हामी सबै एक भएर समृद्ध मुलुक निर्माणको अभियानमा अघि बढ्छौँ ।नयापेज बाट ।