काठमाडौँ, १६ साउन । नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले मुलुकको राष्ट्रिय अखण्डता र जनताको सार्वभौमताका लागि आफ्नो पार्टीले लिएको दूरदर्शीताका कारणले स्थानीय तह, प्रादेशिक र केन्द्रीय चुनावमा पहिलो स्थान कायम गर्ने बताए । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपालद्वारा हिजो यहाँ आयोजित कार्यक्रममा नेता खनालले समाजवादतर्फ उन्मुख संविधान निर्माण तथा संविधान कार्यान्वयनका…