जनतालाई आशा भरोसा जगाउने बजेट ल्याउने तयारी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि १८ देखि १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी रहेको बताएका छन् । शनिवार काठमाडौँमा भएको माओवादी केन्द्रको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले बजेट सिलिङ बनिसकेको र त्यसको तयारीमा लागिपरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले जनतालाई आशा भरोसा जगाउने खालको…