सरकारका कामकारबाहीले गर्दा देश लथालिङ्ग भयो: उपाध्यक्ष पौडेल

काठमाडौँ, २० माघ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । आज रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटशल प्रतियोगिता—२०८० को अवसरमा बोल्दै उनले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गरे । उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतीपूर्ण परिस्थिति रहेको बताए ।  उनले राजनीति सङ्लो नभएसम्म देश ठिक ढङ्गबाट…