Banner News

गठबन्धन सरकारबाट देशले निकाश पाउँदैन : महासचिव पोखरेल 



रौतहट, १८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देश बर्बादीतिर धकेलिएको आरोप लगाएका छन् ।

एमाले रौतहटले बिहीबार सदरमुकाम गौरमा आयोजना गरेको प्रतिनिधि परिषद् भेलालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनले देश बर्बादीतर्फ धकिलिएको आरोप लगाएका हुन् । ‘विकासविरोधी अहिलेको सत्ता गठबन्धन सरकार जनताको हितमा नभई आफ्नै सत्ता टिकाउन सीमित छ,’ उनले भने, ‘यसरी देशले निकाश पाउँछ भन्ने लाग्दैन ।’

महासचिव पोखरेलले संघ र प्रदेश सरकारमा रहेको गठबन्धनले देशको विकासभन्दा आफ्नै विकास गर्न तल्लिन रहेको आरोप लगाए । उनले समग्र मधेश प्रदेशको विकासका लागि एमाले उत्तम विकल्प भएकाले एमालेको पक्षमा सक्रिय भएर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । मधेशका नाममा राजनीति गर्नेहरु काम नगरी भाषणमै सीमित रहेको उनको आरोप थियो ।