Banner News

व्यवसायी अरुण चौधरी पक्राउ 



काठमाडौँ, १८ माघ । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । 

‘बाँसबारी छाला जुत्ता’ उद्योगको जग्गा प्रकरणमा उनलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ । तर पक्राउको कारणबारे भने केही बताइएको छैन । चौधरीलाई निवासबाटै पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।

बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । उद्योगको नाममा रहेको भनिएको १० रोपनी जग्गा अरुण र उनकी श्रीमतीको नाममा रहेको छ ।

चौधरीलाई काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।