काठमाडौँ, २२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएपछि उनले बैठक डाकेका हुन् । आज बेलुका ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । त्यसअघि, आजै अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय…