Banner News

चीन, नेपाल र भारतको बीचमा त्रिदेशीय साझेदारी विकास हुन जरुरी : प्रधानमन्त्री



काठमाडौँ, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन, नेपाल र भारतका बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन् ।

आज काठमाडौँ मा आयोजित ‘बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, “चीन, नेपाल र भारतको बीचमा एउटा त्रिदेशीय साझेदारी विकासको हुन जरुरी छ । नेपाल अलिकति सम्पन्न नभईकन हाम्रो कुराको सुनुवाइ शक्तिशाली देशलाई गर्न गाह्रो हुन्छ,”  “चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै बसेर यही प्रश्न यसरी नै, गर्न जरुरी छ– के नेपालजस्तो आर्थिक रूपले पछि परेको देशको कुरा तपाईंहरूले गम्भीर रूपले सुन्न तयार हुनुहुन्छ ? हामीले भन्दै गरेको त्रिदेशीय साझेदारीको रणनीतिअन्तर्गत गएर के नेपाललाई एउटा ठूला शक्ति राष्ट्रहरू विकासको एउटा तीव्र गतिमा गएका देशहरूबाट लाभ लिनको लागि नेपालको कुराको सुनुवाइ गर्न तयार हुनुहुन्छ ? भनेकै छु । उहाँहरूले सैद्धान्तिक रूपमा यो कुरा सही छ भन्नुभएको पनि हिजो मात्रै हो जस्तो लाग्छ ।”