पोखरा, १८ असोज । नेकपा (एमाले) गण्डकी प्रदेशको नेतृत्व चयनका निम्ति मतदान सुरु गरिएको छ । पार्टीको पहिलो गण्डकी अधिवेशनअन्तर्गत बिहीबार मध्याह्नदेखि मतदान थालिएको हो । निर्वाचन समिति संयोजक सुरेन्द्र थापामगरका अनुसार विद्युतीय मतदान गरिँदै छ । कुल ९०७ जनाले मतदान गर्नेछन् । सकेसम्म आजै मतपरिणाम सार्वजनिक गरिनेछ । अधिवेशनबाट १६५ सदस्यीय कमिटी चुनिनेछ ।…