एमाले बागमती प्रदेशको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

काठमाडौ ११ असोज । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुने भएको छ । पार्टी मुख्यालय च्यासलमा हुने मतदान बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । मतदानका लागि विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा रहेको एमालेले जनाएको छ । नेतृत्व चयनका लागि सहमतिको प्रयास पनि भइरहेको एमालेले जनाएको छ…