प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, १७ असार । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, राष्ट्र ऋण उठाउने…