Banner News

काेसी सरकार ढल्यो, विश्वासको मत नपाएपछि मुख्यमन्त्री कार्की पदमुक्त



विराटनगर, १५ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सदनमा विश्वाको मत प्राप्त गर्न सकेनन् ।‌

बहुमत जुटाउन नसकेपछि कार्की पदमुक्त भएका छन् । वहुमत पुर्याउन ४७ मत आवश्यक पर्दथ्यो । कार्कीले ४६ मत प्राप्त गरे ।‌ मत विभाजनमा ८९ सांसद उपस्थित थिए ।