सेयर बजार ४.५९ अंकले बढ्यो

काठमाडौँ, २४ पौष । आज सेयर बजार नेप्से ४.५९ अंकले बढेको छ । कारोबारका क्रममा दिनभर प्रायः रातो रहेको बजार अन्तिम आधा घण्टामा बढेको हो । आजको वृद्धिपछि नेप्से २६४० अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९० करोडको भयो ।…