घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ८ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।