घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १४ फागुन । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७० हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३० आज रुपैयाँले घटेर १९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।