काठमाडौँ, १३ जेठ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०/८१ आइतबार प्रतिनिधिसभामा पेस गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच मन्त्री पुनले सार्वजनिक संस्थानको वित्तीय स्थिति र आर्थिक सर्वेक्षण पेस गरेका हुन् । सर्वेक्षणमा फागुनसम्मका आर्थिक सूचकको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको मन्त्री…