घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ३ चैत । आज बजारमा सुन चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७४ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।