काठमाडौँ, १५ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुकूल व्यावसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताएका छन् । ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोकिनुभन्दा स्वच्छ व्यवसायमैत्री वातावरण सिर्जना गर्नेतर्फ सरकारका क्रियाकलाप केन्द्रित भबए…