बीआरआई अघि बढाउन कांग्रेस–एमाले सहमति नजिक

काठमाडौँ, १३ मंसिर । सत्तारूढ कांग्रेस र एमाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी कार्यक्रम कार्यान्वयनमा साझा धारणा बनाउन सहमति निकट पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा दुई दलबीच बीआरआईको ‘कार्यक्रम कार्यान्वयन योजना’को प्रस्तावित मस्यौदालाई संशोधन गरेर ‘बीआरआई कोअपरेसन फ्रेमवर्क’ प्रस्ताव गर्ने गृहकार्य भएको हो ।  छलफलका विषयलाई दस्ताबेजीकरण गर्न र मस्यौदा बनाउन तीन…