बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ३ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।