घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २९ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनी ३५ रुपैयाँले घटेर प्रतितोला १९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।