बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १४ कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २२ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला २१ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।