बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ५ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६५ हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।