काठमाडौँ, २४ पौष । सरकारले विद्युतीय व्यापारको वित्तीय कारोबारलाई औपचारिक र सुरक्षित बनाउने उद्देश्यले महत्त्वपूर्ण कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जारी गरिएको ‘विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२’ ले अब सबै अनलाइन व्यवसायीहरूलाई व्यावसायिक कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत डिजिटल पेमेन्ट गेटवे मात्र प्रयोग गर्न अनिवार्य गरेको छ । विद्युतीय मध्यमद्वारा…