घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २१ असोज । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।