काठमाडौँ, १४ असोज । नेपाल बिमा प्राधिकरणले विपद्का बेला परेका दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी गर्न निर्देशन दिएको छ । बाढी तथा पहिरोबाट भएको क्षतिको बिमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने सम्बन्धमा आइतबार बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अध्यक्ष सूर्यप्रसाद सिलवालले उक्त निर्देशन दिएका हुन् । बिमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन्, अनावश्यक…