जेबिएनएल सेक्यूरिटिजको साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिजमा परिवर्तन हुँदै

काठमाडौँ, ११ असोज । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लि.को प्रथम वार्षिक साधारण सभा  शुक्रबार सम्पन्न भएको छ । उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलज्यूले गर्नुभएको थियो । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्ति/पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरु…