बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ६ असोज । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १७ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५८ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।