काठमाडौँ, ५ असोज । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारीबाट आफ्नो नाममा प्रवाह भएको ऋणका विषयमा आफूलाई जानकारी नै नरहेको दाबी गर्दै आए पनि सहकारी सञ्चालकहरूले ऋणी लामिछाने उनी नै रहेको बताएका छन् । संसदीय छानबिन विशेष समितिलाई बयान दिने क्रममा विभिन्न सहकारी सञ्चालकले आफूहरूले चिनेको रवि लामिछाने पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य नै रहेको उल्लेख…