काठमाडौँ, १८ भदौ । निजी क्षेत्रको लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताएका छन् । ‘न्यून आय भएका किसानलाई सरकारसँग जोडेर कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण छ,’ मुक्तिनाथ कृषि कम्पनीको छैटौं वार्षिकोत्सवका अवसरमा मन्त्री अधिकारीले भने, ‘रैथाने खाद्यान्नको प्रवर्द्धन गर्ने, रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गरी…