काठमाडौँ, १२ भदौ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्…