घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १४ भदौ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५२ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।