काठमाडौँ, २० साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजीबजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् । आज काठमाडौँमा आयोजित चालु आर्थिक वर्ष (२०८१-८२)को मौद्रिक नीतिमाथि निजी क्षेत्रसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले निजी क्षेत्र र आर्थिक गतिविधिमा उत्साह…