काठमाडौँ, १० साउन । नेपालले बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्नेसम्बन्धी त्रिपक्षीय सम्झौता तत्कालका लागि स्थगित भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले सम्झौताको मिति पछि सार्न बंगलादेशले पत्र पठाएको बताए । बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि सम्झौता स्थगित भएको हो । नेपाल, भारत र बंगलादेशबीच साउन १३ मा सम्झौता गर्ने तयारी…