मौद्रिक नीति आज सार्वजनिक नहुने 

काठमाडौँ, ४ साउन । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्ने भनेको मौद्रिक नीति २०८१/०८२ सार्वजनिक नहुने भएको छ । मौद्रिक नीति पास गर्न बसेको बोर्ड बैठकका एक सदस्यका अनुसार हिजो नियुक्त भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले अध्ययन गरेपछि मात्र सार्वजनिक हुनेछ । उनलाई अध्ययन गर्न समय लाग्ने भएकाले आज नै सार्वजनिक नहुने ती सदस्यले बताए ।…