पालिकाका भन्दा साना योजना राखेर संघीय बजेटको हुर्मत

काठमाडौँ, ५ असार । तीन करोडभन्दा कम लागतका योजनामा संघबाट बजेट विनियोजन नगर्ने पाँच महिनाअघिको मन्त्रिपरिषद्कै निर्णयविपरीत संघीय सरकारले एक लाख रुपैयाँसम्मका दर्जनौं कार्यक्रममा बजेट छुट्याएको छ । स्रोत, आवश्यकता र औचित्य नहेरी शक्ति र पहुँचको भरमा निकै साना आयोजना संघकै बजेटमा समावेश गर्ने प्रवृत्ति नियन्त्रण गर्न भन्दै गत पुस पहिलो साता मन्त्रिपरिषद् बैठकबाट संघले ३ करोडभन्दा…