काठमाडौँ, ५ जेठ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा विपक्षी दलहरू एकमत भएका छन् । सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको विषयलाई लिएर शुक्रबार छलफलमा जुटेका कांग्रेस, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादीले तत्काल छानबिन समिति बनाउनुपर्ने अडान लिएका हुन् । यसअघि प्रमुख प्रतिपक्ष कांग्रेसले मात्र गृहमन्त्री…