लसुनको भाउ बढ्यो

काठमाडौँ, ६ फागुन । नेपालमा लसुनको भाउ बढेको छ । एक महिनाको तुलनामा ८३.७८ प्रतिशतले मूल्य वृद्धि भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत महिना प्रतिकेजी सुकेको चाइनिज लसुनको मूल्य १८५ रुपैयाँ थियो । हाल सो लसुनको मूल्य प्रतिकेजी ३४० रुपैयाँ थोक मूल्य पुगेको छ ।