वातावरण प्रतिकूल हुनेगरी काम गरे दश लाखसम्म जरिबाना गराउने चेतावनी 

काठमाडौँ, २७ माघ । काठमाडौँ महानगरपालिकाले वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत नगराई वा स्वीकृत प्रतिवेदन विपरीत कुनै प्रस्ताव कार्यान्वयन गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । वातावरण प्रतिकूल हुनेगरी कुनै पनि विकास निर्माण सम्बन्धी कार्य वा आयोजना निर्माण गरे कारबाही गर्ने महानगरको चेतावनी छ ।