काठमाण्डौ,१० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ले अब सरकारले गेमचेञ्जर ठूला जलविद्युत् आयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत, बंगलादेश र चीनसमेत हाम्रो विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेञ्जर ठूला जलविद्युत् आयोजनाहरूमा लागेको बताएका हुन् । बुढीगण्डकी जलविद्युत् आयोजनाका…