काठमाडौँ, १० पौष । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जासम्बन्धी निर्णय लिनुअघि ग्राहकको सूचना लिएर मात्र कर्जा प्रवाह गर्न आग्रह गरेको छ । ग्राहक बारे कर्जा सूचना केन्द्रबाट सूचना लिएर मात्र ऋण प्रवाह गर्न केन्द्रीय बैंकले भनेको छ, 'कर्जा सूचनामा ऋणीले लिएको कर्जाको सीमा, बक्यौता, भाखा नाघेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको…