काठमाडौँ, १ मंसिर । मङ्सिर महिनाका लागि १४ वटा वाणिज्य बैंकले नयाँ निक्षेपको ब्याजदर घटाएका छन् । एउटा बैंकले मात्रै ब्याजदर बढाएकाे छ भने पाँच वटाले कात्तिक महिनाकै ब्याजदरलाई यथावत् राखेका छन् । मङ्सिरका लागि धेरैजसो वाणिज्य बैंकको ब्याजदर एकल अङ्कमा झरेको छ । बैंकमा तरलता बढेपछि भदौ महिनायता धेरैजसो बैंकहरूले ब्याजदर घटाउँदै आएका छन् । मङ्सिर महिनाका लागि माछापुच्छ्रे…