काठमाडौँ, ७ कार्तिक । प्रमुख दुई दल कांग्रेस र एमाले गठबन्धनमा सरकार बनेपछि अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको थियो । तर, सरकारको सय दिन पार गर्दा अर्थतन्त्रका सूचकहरू भने आशा जगाउने किसिमका छैनन् । यो अवधिमा सरकारले दर्जनौं प्रतिबद्धता व्यक्त गरे पनि फितलो कार्यान्वयनका कारण उपलब्धि प्राप्त हुन नसकेको सरोकारवालाहरू बताउँछन् । यस अवधिमा अपेक्षित रूपमा न राजस्व…