काठमाडौँ, २४ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४१ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।