गुमनाम सुनकाण्ड: जाँचबुझ आयोग अन्योलमा

काठमाडौँ, ८ असोज । ६१ किलो सुन तस्करीका मुख्य लगानीकर्ता को–को हुन् भन्नेबारे सरकारी अनुसन्धानकर्ताले अझै पत्ता लगाउन नसक्दा यो विषय गुमनाम बन्दै गएको छ । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका ३२ अभियोगीमध्ये सबैजसो भरिया र सहयोगी मात्रै रहेका छन् । साउन २ मा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ६१ किलोसहित…