काठमाडौँ, १ असोज । कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने व्यवस्था यही साता भित्रमा कार्यान्वयनमा आउने भएको छ । मन्त्रीपरिषद्को हालै बसेको निर्णयले छुट दिन सूचना प्रकाशन गर्नका लागि स्वीकृत दिएसँगै सो व्यवस्था कार्यान्वयनमा आउन लागेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छुट दिने व्यवस्था राजपत्रमा प्रकाशित गरेपछि…