एक वर्षमा तीन अर्थमन्त्री तर बजेटका लक्ष्य अधुरै

काठमाडौँ, ५ असार । चालु आर्थिक वर्षको बजेट ल्याउनदेखि कार्यान्वयनको जिम्वेवारीमा तीन जना अर्थमन्त्रीले भूमिका निर्वाह गरे पनि बजेटले राखेको अधिकांश लक्ष्य अधुरै रहेका छन् । यो आर्थिक वर्षमा जनार्दन शर्मा, विष्णु पौडेल र प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । यी तिनै जना अर्थमन्त्रीले बजेटलाई आ आफ्नै किसीमले चलाएर नयाँ लक्ष्य निर्धारण गरेका थिए ।…