नेपालबाट पुनः भारतमा विद्युत् निर्यात सुरु

काठमाडौँ, १३ जेठ । नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात सुरु गरेको छ । हिउँदयाममा नदीको पानी घटेपछि गएको पुष ३ गतेदेखि बन्द भएको विद्युत् निर्यात नदीमा पानीको बहाव बढेपछि हिजोदेखि सुरु भएको प्राधिकरणले जनाएको छ । हिजो झण्डै ६ सय मेगावाट विद्युत् भारत पठाइएको छ । आज प्रसारण लाइन जाँचको लागि निर्यात बन्द गरेको…