कैलाश मानसरोवर जान २३३ प्रतिशतले बढ्यो भिषा शुल्क

काठमाडौँ, २१ बैसाख । चीनले कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटकलाई भिषा शुल्क दुई सय ३३ प्रतिशतले बढाएको छ । चीनले शुल्क वृद्धिसँगै भिषा दिने समय पनि लम्ब्याएको छ । चीनको यो निर्णयले नेपाल हुँदै कैलाश मानसरोवरमा जाने धार्मिक पर्यटक निरुत्साहित हुने भएका छन् । भारतीय पर्यटक नेपाल हुँदै यो यात्रामा निस्कने प्रचलन छ ।…