मनाङ, १३ बैशाख । बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा संकलनका लागि उनीहरू यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् । मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा संकलनमा व्यस्त हुन थालेका छन् । मनाङवासीको आयस्रोत कृषि तथा जंगली औषधिजन्य जडीबुटी हो । जडीबुटी संकलनका लागि नासों…